सरकारलाई एमालेका ३९ र जसपाका ६ सांसदकाे समर्थन छ : मुख्यमन्त्री पाेखरेल

 जेठ ३०, २०७८ आइतबार १६:२४:० | रासस
unn.prixa.net

फाइल फाेटाे

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पाेखरेलले आफ्नाे सरकारसँग बहुमत भएकाे बताउनुभएकाे छ । मुख्यमन्त्री पाेखरेलले नेकपा एमालेसँग ३९ र जनता समाजवादी पार्टीसँग ६ सदस्य रहेको जानकारी दिँदै जनता समाजवादी पार्टीका विषयमा प्रदेश सभा सचिवालय नै स्पष्ट नभएको आरोप लगाउनुभयो ।

मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘दलीय प्रणालीमा विश्वास राख्ने हो भने राजनीतिक रूपमा सरकारसँग बहुमत छ ।’

यसैबीच लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम आइतवार (आज) बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको हो ।

यसअघि मुख्यमन्त्री शङ्कर पोखरेलले आव २०७८/०७९ को नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव प्रदेश सभामा प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले बहुमतको निर्णयलाई प्रदेश सभाले स्वीकार नगरेको उल्लेख गर्दै कानुन कार्यान्वयनका विषयमा आफ्नो अरूचि नरहेको जनाउनुभयो । 

कोरोना महामारीविरुद्धको लडाइँमा प्रदेश सरकारले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै उहाँले खोप व्यवस्थापनको विषय सङ्घीय सरकारको भएको स्पष्ट गर्नुभयो । 

उहाँले नदीजन्य पदार्थको व्यवस्थापनको काम प्रदेश सरकारले नगरेको र त्यो काम पालिकाले जानकारी दिँदै राजस्व बाँडफाँडको काम भएको तर कम पालिकाबाट ४० प्रतिशत राजस्व प्राप्त गरेको बताउनुभयो । उहाँले मर्चवार क्षेत्रको विकासका लागि दोब्बर बजेट विनियोजन भएको र त्यहाँको विकासलाई उच्च प्राथमिकता दिइएको स्पष्ट गर्नुभयो ।  

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया