सोलुखुम्बुको साल्मे–सिस्नेरी पहिरोको दीगो व्यवस्थापन हुने

 जेठ ३१, २०७८ सोमबार ८:३१:५६ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सिद्धिचरण राजमार्ग अन्तर्गत पर्ने साल्मे-सिस्नेरी पहिरोको दीगो व्यवस्थापन गरिने भएको छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीलाई जोड्ने एक मात्र सडकखण्डमा पर्ने साल्मे-सिस्नेरीमा पहिरो व्यवस्थापनका लागि फाइल अघि बढिसकेको सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुङ्गाले जनाएको छ ।

झण्डै एक दशकदेखि भोग्नुपरेको पहिरोको समस्या समाधानका लागि जीओ टेक्निकल विधिबाट स्लोप स्टेपलाइजेशनको प्रकृया अघि बढेको डिभिजन प्रमुख अरुणकुमार कर्णले जानकारी दिनुभयो । केही समयअघि दुई जना प्राविधिकसहितको टोलीले स्थलगत निरीक्षण समेत गरिसकेको छ । अर्को वर्षसम्म पहिरोको दीगो व्यवस्थापनको काम सकिने र नागरिकले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने डिभिजन प्रमुख कर्णले बताउनुभयो ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका-११ तिङ्लामा पर्ने पहलमान भीर र सिस्नेरी पहिरोका कारण हिउँद बर्खा जहिले पनि सडक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । सडक निर्माण गरेको झण्डै १० वर्ष पूरा भएको छ।

विगतका वर्षमा बर्खा लागेसँगै जिल्लामा सञ्चालित हाइड्रोपावर र सोलुदूधकुण्ड नगरपालिकाको एक्स्काभेटर तयारी अवस्थामा राखेर सडक नियमित सञ्चालन गर्ने गरेको ट्राफिक प्रहरी इञ्चार्ज कृष्ण कटवालको भनाइ छ । यस वर्ष पनि सोलु हाइड्रोपावर र नगरपालिकाको एक्स्काभेटर तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया