राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि आइसीयू बेड सञ्चालनमा

 असार १, २०७८ मंगलबार १३:२०:५७ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आजदेखि आइसीयू बेड सञ्चालनमा ल्याएको छ । आजदेखि १० बेडको आइसीयू सेवा सञ्चालनमा ल्याइएको प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर सङ्गीता भण्डारीले जानकारी दिनुभयो ।   

उहाँले तत्काल १० बेड थपेर २० शय्याको पुर्याइने गरी काम भइरहेको पनि बताउनुभयो  । यस्तै, आउँदो हप्तादेखि एउटा र अर्को हप्ता थप एउटा गरी दुई वटा अक्सिजन प्लान्ट पनि जडानको काम भइरहेको प्रतिष्ठानले जनाएको छ। 
प्रतिष्ठानमा कालो ढुसी अर्थात म्युकाेर्माइकोसिसको परीक्षण र उपचार गर्ने व्यवस्था पनि रहेको छ । यसका लागि विशेषज्ञ डाक्टर रहेको र अन्य दुई जना नाक, कान घाँटी रोग विशेषज्ञको टोलीले रोगको परीक्षण र उपचार गर्ने डाक्टर भण्डारीले जानकारी दिनुभयो ।

यस्तै, कोरोना भाइरसको तेस्रो लहरबाट बालबालिका धेरै प्रभावित हुनसक्ने भन्दै प्रतिष्ठानले बालबालिकाका लागि २० बेडको आइसीयू, १० बेडको पीआइसीयू र ६ बेडको एनआइसीयू छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेकाे छ ।

पोष्ट कोभिड वार्ड सञ्चालनमा

कोराना भाइरसको दोस्रो लहर कम देखिए पनि त्यसको जोखिम नघटेको भन्दै प्रतिष्ठानले सङ्क्रमणमुक्त तर सम्भावित जोखिम बिरामीका लागि छुट्टै वार्ड नै बनाएर उपचार सुरु गरेको छ । बिरामी सङ्क्रमणमुक्त भएपछि पनि त्यसपछिको जोखिम देखिने गरेपछि छुट्टै वार्ड नै बनाएर उपचार सुरु गरिएको हो ।  

कोभिड निको भएर घर गएका बिरामीलाई १४ दिनसम्म जटिलता देखिनसक्ने हुनाले उनीहरुलाई फोन तथा भर्चुअल माध्यमबाट परामर्श दिने र आवश्यक परे फेरि अस्पतालमा बोलाएर उपचार गर्न व्यवस्था मिलाइएको प्रतिष्ठानले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया