कर्णाली राजमार्गका ठाउँ–ठाउँमा पहिराे

 असार ३, २०७८ बिहिबार १९:३०:३९ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – लगातारको वर्षापछि कर्णाली राजमार्गकाे सुर्खेत–जुम्ला सडक खण्डमा अवराेध भएकाे छ । ठाउँ–ठाउँमा पहिरो खस्दा सडकमा अवराेध भएकाे हाे । 

दैलेखको किटु, कालीकोटको गगने खोला, हुल्म, सुनार खोला, पिली सेराबाड, खल्लागाड, भिग्मलगायत ठाउँमा पहिरो खसेको छ । सडकमा अवराेध हुँदा कालीकोट, जुम्ला र मुगुका लागि दैनिक उपभोग्य सामान र निर्माण सामग्री बोकेका गाडी बाटोमै रोकिएका छन् ।

यसअघि गएकाे मङ्गलवार पहिरो पन्छाए पनि वर्षा नरोकिएकाले राजमार्गमा फेरि अवराेध भएकाे प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो । वर्षाले ठाउँ–ठाउँमा पहिरो खसेपछि जिल्लाका अधिकांश ग्रामीण सडक बन्द भएका छन् ।

पानी परेपछि पहिरो झरिहाल्ने समस्या बढी भएकाे र पूर्वतयारी गर्न नसकिए फेरि विपद्ले सताउने हुँदा अहिले जिल्ला विपद् व्यवस्थापन समिति पूर्वतयारीमा लागिरहेको प्रजिअ आचार्यले बताउनुभयो । 

यसैबीच दुई हप्ताअघि कालीकोट पुग्नु भएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सहभागितामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गएकाे वर्ष जिल्लाभर भत्किएका एक हजार एक सय घर निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको छ । यसका लागि प्रदेश सरकारले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ । 

यस्तै कर्णाली प्रदेश सरकारले बाढी–पहिरोजस्ता विपद् प्रतिकार्यका लागि १० करोड रुपैयाँ बजेट छुट्ट्याउने भएको छ ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया