एमाले कार्यदलको बैठक आज पनि बस्दै, पार्टी एकताका विषयमा छलफल केन्द्रित हुने

 असार २२, २०७८ मंगलबार १०:५९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमाले विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दैछ । कार्यदलको बैठक सिंहदरबारमा दिउँसो एक बजे बस्ने तयारी छ ।

एमालेको आन्तरिक विवाद समाधानका लागि गठन गरिएको कार्यदलले अहिलेसम्म ठोस निष्कर्ष निकाल्न सकेको छैन । कार्यदलमा रहेका दुवै समूहका नेताहरुले एमालेको पार्टी एकताका लागि छलफल गर्दै आएका छन् । यसअघि हिजो कार्यदललाई ब्युँताउँदै औपचारिक बैठक बसेको थियो । बैठकमा छलफल सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।

एमाले उपाध्यक्ष एवं कार्यदलका सदस्य भीम रावलले पार्टी एकता कायम राख्न सबैले प्रयास गर्ने र बैठकलाई निरन्तरता दिने सहमति भएको बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका २३ सदस्यलाई हिजो बेलुका पाँच बजेसम्म हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिए पनि हस्ताक्षर फिर्ता भएको छैन ।

गएको जेठ २ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समूहबाट पाँच/पाँच जना सदस्य सम्मिलित कार्यदल गठन गरिएको थियो । दश सदस्यीय कार्यदलमा एमालेको ओली समूहका सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा नेपाल समूहबाट भीम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया