आम नागरिकमा प्रभाव छोड्न नसके नेपाली काँग्रेस गर्ल्यामगुर्लुम ढल्छः नेता सिंह

 जेठ १९, २०७५ शनिबार १४:५५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आम नागरिकमा प्रभाव छोड्न नसके नेपाली काँग्रेस गर्ल्याम–गुर्लुम ढल्ने बताउनुभएको छ । 

काँग्रेसको काठमाडौै क्षेत्र नम्बर १ क्षेत्रीय समितिले गरेको कार्यक्रममा उहाँले देशमा ठूला राजनीतिक परिवर्तन काँग्रेसकै नेतृत्वमा भएको र अब आर्थिक समृद्धिको अभियानको नेतृत्व पनि काँग्रेसले नै गर्नुपर्ने बताउनुभयो ।

काँग्रेसले कम्युनिष्टहरुको सामना गर्न धेरै मेहनत गर्नुपर्ने र अर्काको आलोचना मात्र गरेर कोही पनि अगाडि बढ्न नसक्ने उहाँको भनाई छ । यसका लागि हरेक निर्वाचन क्षेत्रमा, आम नागरिकसँग जोडिएर उनीहरुका समस्या समाधान गर्नतर्फ लाग्न पनि कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । 

लोकन्त्रलाई कमजोर पार्ने गरि संविधानको मूल मर्म र भावनामा कुनैपनि दलले प्रहार गरे कांग्रेस चुप लागेर नबस्ने चेतावनी पनि दिनुभयो । ‘पञ्चायत जस्तो तानाशाही व्यवस्थालाई त हामीले ३० वर्षसम्म संघर्ष गरेर परिवर्तन ल्यायौं', उहाँले भन्नुभयो यदि कुनै पार्टीले आफ्नो बहुमतको बलबाट प्रहार गर्छ भने कांग्रेस चुप लागेर बस्दैन ।’ 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया