पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित २ जना पक्राउ

 असोज ६, २०७८ बुधबार ९:४७:२४ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रुपन्देही – पर्यटकसँग घुस लिएको आरोपमा रुपन्देहीमा एकजना प्रहरीसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ८ जना भारतीय पर्यटकसँग पाँच सय भारतीय रुपैयाँका दरले ४ हजार घुस लिएको आरोपमा प्रहरी जवान लक्कीचन्द्र लोहार र बेलहियामा रहेको गुजरात ट्राभल्समा काम गर्ने सन्तोष गुप्ता पक्राउ परेका हुन् ।

उनीहरुले भारतीय पर्यटकलाई नेपाल भारत सीमा नाका बन्द रहेकोले नेपाल प्रवेश गर्न बसका कर्मचारीलाई घुस खुवाउनु पर्छ भन्दै रकम मागेका थिए ।  पशुपती दर्शनका लागि नेपाल आउन लागेका ती पर्यटकले नेपाल प्रवेश गरेर उजुरी गरेपछि लोहार र गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया