संखुवासभा हत्याकाण्ड अनुसन्धानमा उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत

 असोज २०, २०७८ बुधबार १८:१५:१७ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको ६ जनाको सामूहिक हत्याकाण्डपछिकाे अनुसन्धानमा उत्कृष्ट काम गर्ने दुई प्रहरी पुरस्कृत भएका छन् ।

बुधबार प्रदेश एक प्रहरी कार्यालयले ६६ औं प्रहरी दिवसको अवसरमा उनीहरुलाई पुरस्कृत गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । त्यस सामूहिक हत्याकाण्डको सफल अनुसन्धान कार्यमा मेहनतका साथ लागेको भन्दै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी सहायक निरीक्षक रुद्र खड्कालाई नगद ५०/५० हजार रुपैयाँ सहित पुरस्कृत गरेको हो ।

मादीको उम्लिङ खोलागाँउका एकै परिवारका ६ जनाको विभत्स हत्या गरिएको घटनाको सफल अनुसन्धान गरि हत्यामा संलग्न ५ जना अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरी सफल र त्यसमा खतिवडा र खड्काको विशेष भूमिका रहेको भन्दै सम्मानित गरिएको हो । समाजमा प्रहरीको छवि उच्च बनाउन अहोरात्र खटिनुका साथै आम सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूति दिलाउन सफल भएकाले सम्मानित गरिएको प्रहरी कार्यालयको भनाइ छ ।

मादी–१ उम्लिङ खोला गाउँमा स्थानीय ५२ वर्षीय तेजकुमार कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो । हत्याका अभियुक्तहरु पाँच जनालाई पक्राउ गरि कारागार चलान भइसकेका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया