भक्तपुरका शक्तिपीठहरुमा बिहानैदेखि भीडभाड, नवरात्रि मेला पनि शुरु

 असोज २१, २०७८ बिहिबार १०:४१:३१ | रमेश गिरी
unn.prixa.net

भक्तपुर – घटस्थापनाका दिन आज भक्तपुरका विभिन्न शक्तिपिठहरुमा बिहानैदेखि मेला लागेको छ । आज बिहानैदेखि ब्रम्हायणी मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । ब्रम्हायणी नदीमा स्नान गर्ने र मन्दिरमा दर्शन एवं पूजा गर्नेको भीड लागेको हो । भक्तपुरका नौ वटा शक्तिपीठहरुमा नवरात्रिभरि मेला लाग्ने गर्दछ ।

भक्तपुर नगरपालिकाले यसवर्ष पनि कोरोनाको जोखिम बढेकाले शक्तिपीठहरुमा भीड तथा मेला नगर्न र सामान्य पूजामा सीमित गर्न आव्हान गरे पनि शक्तिपीठहरुमा भने बिहानैदेखि पूजा गर्ने तथा दर्शनार्थीको भीड लागेको छ ।

त्यसैगरि भक्तपुरमा आजै रातिदेखि नवरात्रि मेला पनि शुरु हुँदैछ । यहाँका विभिन्न नौ शक्तिपीठमा घटस्थापनाको दिनबाट नवरात्र मेला लाग्ने गर्दछ । रातको समयमा यहाँका बासिन्दाले शक्तिपीठहरुमा गएर पूजा गर्ने र मेला भर्ने गर्दछन् । विभिन्न बाजागाजा सहित टोल टोलबाट राति मन्दिरमा गएर पूजा गर्ने परम्रपरा रहेको छ । 

नवरात्रि मेलामा पहिलो दिन आज ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँ समापन गर्ने प्रचलन छ ।

नवमीको दिन राति महिषासुरु दैत्यको प्रतिकका रुपमा लिइने खमेय जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवा गराई पूजा गरेको खमये (राँगो) लाई दौडाउँदै ल्याएर ब्रम्हायणीमा बलि दिने प्रचलन छ । नवमीको दिन रातभरि र दशमीको दिन ब्रम्हायणीमा हजारौँको भीडमा मेला भर्ने गरिन्छ ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रमेश गिरी

भक्तपुरका पत्रकार रमेश गिरी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया