हैदराबादलाई हराए पनि मुम्बई आईपीएलबाट बाहिरियो

 असोज २३, २०७८ शनिबार ६:३७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मुम्बई इन्डियन्स आईपीएल क्रिकेटबाट बाहिरिएको छ ।

गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई ४२ रनले हराए पनि समान १४ अङ्क रहेको कोलकाता भन्दा कम रनरेट भएपछि मुम्बई बाहिरिएको हो ।

कोलकाता भने अघिल्लो चरणमा पुगेको छ । गएराति मुम्बईले दिएको दुई सय ३६ रनको लक्ष्य पछ्याएको हैदराबादले आठ विकेट गुमाएर एक सय ९३ रन मात्रै बनाउन सक्यो ।

हैदराबादका लागि मनिष पाण्डेले सर्वाधिक ६९ रन बनाए । यसअघि इशान किसनको ३२ बलमा ८४ र सूर्यकुमार यादवको ४० बलमा ८२ रनको मद्दतमा मुम्बईले दुई सय ३५ रन बनाएको थियो ।


 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया