रुपन्देहीको मोतीपुरमा लगाइएको कर्फ्यु हट्यो

 असोज २७, २०७८ बुधबार ८:३०:३५ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

फाइल तस्बिर

रुपन्देही - रुपन्देहीको बुटवलमा रहेकाे मोतीपुर प्रस्तावित औद्योगिक क्षेत्रमा लगाइएको कर्फ्यु हटेको छ । आइतवार चार जनाको ज्यान जाने गरी भएको झडपपछि स्थिति नियन्त्रणमा लिन यस क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो ।

स्थिति सामान्य भएपछि गएराति १२ बजेदेखि कर्फ्यु हटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो । सार्वजनिक जग्गा अतिक्रमण गरी बसेकाहरुलाई हटाउने क्रममा भएको झडपमा चार जना नागरिककाे ज्यान भएको थियो भने चार दर्जन बढी प्रहरीसहित ८० जना घाइते भएका थिए ।

चार जना प्रहरीको काठमाण्डौमा उपचार भइरहेको छ । मृतकका परिवारलाई प्रदेश सरकारले १/१ लाख दिने घोषणा गरेको छ । थप साढे ५ लाख रुपैयाँ परिवारलाई राहत प्रदान गर्न रुपन्देही प्रशासनले सङ्घीय सरकारलाई सिफारिस गरेको सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

घाइतेहरुको सरकारले नि:शुल्क उपचार गर्ने बताएको छ । मोतीपुर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगले माग गरेको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया