विजया दशमीको साइतको टीका लगाइयो, सडकमा चहलपहल बढ्न थाल्यो

 असोज २९, २०७८ शुक्रबार ११:२०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यो वर्षको विजया दशमीको साइतको टीका लगाइएको छ । साइतमै लगाउनेहरुले बिहान १० बजेर दुई मिनेटको उत्तम साइतमा टीका लगाएका छन् ।

टीका लगाएसँगै उपत्यकाका सडकमा मानिसहरुको चहलपहल बढ्न थालेको छ । दशैँको साइतको टीका लगाएर आफन्त र मान्यजनको हातबाट टीका लगाउन जानेहरुको सडकमा चहलपहल सुरु भएको हो । दशैँअघि लाखौँ मानिस उपत्यका बाहिर गएकाले केही दिन सुनसान बनेको काठमाण्डौका  सडकमा आज टीकाको साइतपछि भने चहलपहल बढेको हो ।

निधारमा रातो टीका लगाएका मानिसहरु सडकका देखिएका छन् । सार्वजनिक गाडी फाट्टफुट्ट रुपमा मात्रै चलेका छन् भने  निजी गाडीमा  मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा आउनेजाने गरिरहेका छन् ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया