सरकारी कार्यालय खुले, काठमाण्डाै उपत्यकामा चहलपहल बढ्यो

 असोज ३१, २०७८ आइतबार १४:२४:५४ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बडादशैँ (विजयादशमी) मा बन्द भएका सरकारी कार्यालय आज आइतवारदेखि खुलेका छन् । काठमाण्डाै उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ । 

आज सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएकाले काठमाण्डाै उपत्यकामा सवारी साधनको केही चाप बढेको छ । दशैँमा सुनसान प्रायः बनेको काठमाण्डाैमा नियमितजसो सबै प्रकारका सेवा सञ्चालनमा आएका छन् ।

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल बाक्लिएको छ । सबैजसो मन्त्रालयमा मन्त्री, कर्मचारी तथा आगन्तुकको बाक्लो उपस्थिति देखिन्थ्यो । विभिन्न मन्त्रालयका मन्त्री पनि कार्यालय पुगेर नियमित काममा व्यस्त देखिन्थे । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की मन्त्रालय पुगेर नियमित काममा व्यस्त रहनुभएको उहाँका स्वकीय सचिव रामजी थापाले जानकारी दिनुभयो । अन्य विभागीय मन्त्री पनि नियमित काममा व्यस्त भएका छन् ।    

दशैँकाे टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाइ आशीर्वाद लिने क्रम जारी रहेको छ । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दशैँकाे टीका लगाउने चलन छ ।

काठमाण्डाै उपत्यकामा पनि दशैँको टीका लगाउन आफन्त तथा मान्यजन कहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लो रूपमा देखिएको छ । उपत्यकामा औषधि, खाद्यान्न, दूध तथा तरकारीका पसल खुलेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज पनि काठमाण्डाै उपत्यकामा दशैँको टीका र आशीर्वाद थाप्न जानेको चहलपहल बाक्लै छ । बाक्लो सङ्ख्यामा सवारी साधन चले पनि ट्राफिक जाम नरहेको ट्राफिक प्रहरीको भनाइ छ ।   

दशैँ मनाउन गाउँघर गएका सर्वसाधfरण पनि धमाधम काठमाण्डाै भित्रिरहेका छन् । कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायत नाकामा दशैँ मनाएर काठमाण्डाै उपत्यका फर्कनेको भिड देखिन्छ । मानिसको चहलपहल र सवारी साधनको आवतजावत तथा बजार पसल पनि क्रमशः खुल्न थालेकाले काठमाण्डाै पुरानै लयमा फर्कन थालेको अनुभूति हुन्छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया