बुटवलमा भन्सार छली ल्याइएका ५० लाख रुपैयाँभन्दा बढीकाे सामान बरामद

 कात्तिक १८, २०७८ बिहिबार ९:१५:३१ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - बुटवलमा भारतबाट भन्सार छलेर ल्याइएका ५० लाख रुपैयाँभन्दा बढीको सामान बरामद गरिएकाे छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल १ मा तिनाउ पुल नजिक लिपगार्ड, कुर्ता सुरुवाल, चुन्नी, बनारसी साडीसहित दुई जनालाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना २ का ४० वर्षीय तुलसी थारु र त्यही ठाउँका ४० वर्षीय मीनप्रसाद भण्डारी रहेका छन् । 

बरामद गरिएको सामानको मूल्य ५१ लाख ४८ हजार रुपैयाँभन्दा बढीको रहेको प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो । ती सामान भारतबाट भन्सार छलेर नेपाल ल्याइएका हुन्। 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया