सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान बाक्लियो, एकै महिना ३७२ पटक उडान र अवतरण

 कात्तिक १९, २०७८ शुक्रबार १०:४६:४२ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरण हुने क्रम बढेको छ । खुम्बुमा पर्यटक आगमन बढेसँगै निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान हुने क्रम बढेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी विष्णु रोकायाका अनुसार पछिल्लो एक महिनामा मात्रै साढे तीन सय पटकभन्दा बढी हेलिकप्टर उडान तथा अवतरण भएको छ ।

गएकाे असोज १५ गतेदेखि कार्तिक १५ गतेसम्म ३ सय ७२ पटक उडान तथा अवतरण भएको निकुञ्जको तथ्याङ्क छ ।

खुम्बु क्षेत्रमा पर्यटकहरुले भ्रमण, कार्गो ढुवानी तथा आकस्मिक उद्धारका लागि हेलिकप्टरको प्रयोग गर्ने गरेका छन् । तर पछिल्लो महिना उडान तथा अवतरण भएका अधिकांश हेलिकप्टरहरु भ्रमणका लागि नै प्रयोग भएको सूचना अधिकारी रोकायाले जानकारी दिनुभयो ।

एक महिनाको अवधिमा हेलिकप्टरबाट ११ लाख भन्दा बढी राजस्व सङ्कलन भएको छ । निकुञ्ज क्षेत्रमा उडान तथा अवतरण शुल्कबापत प्रति उडान ३ हजारका दरले ११ लाख १६ हजार रुपैयाँ सङ्कलन भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया