पार्टी कार्यालय सानेपामा झण्डै चार महिनादेखि कांग्रेसका नेता कार्यकर्ताको धर्ना

 कात्तिक २१, २०७८ आइतबार ६:३१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै -  क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै रौतहटका नेपाली कांग्रेसका नेता कार्यकर्ताको झण्डै चार महिनादेखि पार्टी कार्यालय सानेपामा धर्ना दिइरहेका छन् । 

धाँधलीपूर्ण रूपमा क्रियाशील सदस्यता सूची केन्द्रमा पठाइएको भन्दै रौतहटका कांग्रेस नेता–कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् ।

१ सय ७ दिनदेखि धर्नामा बसेका उनीहरूले आफूहरूको माग सम्बोधन नभए महाधिवेशन बहिष्कार गर्ने चेतावनी दिएका छन् । कांग्रेसले मङ्सिर २४देखि २७ गतेसम्म १४ औँ महाधिवेशन गर्ने गरी संशोधित कार्य तालिका सार्वजनिक गरिसकेको छ ।

कांग्रेस वडा अधिवेशन नभएका जिल्लामा आउँदो २७ गतेदेखि अधिवेशन प्रक्रिया सुरु गर्ने जनाएको छ । कांग्रेसले विवादकै कारण रसुवा र रौतहट जिल्लाको क्रियाशील सदस्यता नामावली अझै सार्वजनिक गरेको छैन ।

बाँकी जिल्लामा अधिवेशन प्रक्रिया अगाडि बढिसकेको छ । क्रियाशील सदस्यता विवाद कायमै रहेकाले रौतहट र रसुवाको अधिवेशन प्रक्रिया अन्योलमा परेको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया