सङ्खुवासभामा सभाखोलाले बगाएर बेपत्ता भएका बालककाे शव भेटियो

 कात्तिक २६, २०७८ शुक्रबार १३:३०:२० | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा - सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रबिसेमा सभाखोलाले बगाएपछि बेपत्ता भएका ९ वर्षीय बालक ऋतिक विश्वकर्माको शव भेटिएको छ ।

उनकाे शव आज बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। 

गएको २० गते भाइटीकाको दिन पौडी खेल्न गएका विश्वकर्मालाई खोलाले बगाएर बेपत्ता बनाएको थियो। 

बेपत्ता भएको एक हप्तापछि उनको शव बाह्रबिसेभन्दा केही तल रहेको चनौटे दहमा ढुङ्गाको चेपमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

तिहारको भाइटीकाको दिन बाह्रबिसे नजिकै सभाखोलामा ऋतिक र अर्का आठ वर्षीय बालक विपिन विश्वकर्मा पौडी खेल्न गएका थिए।

खोलाले दुवैलाई बगाएको थियो । विपिनको शव त्यही दिन फेला परे पनि ऋतिककाे शव भेटिएको थिएन । एक हप्तादेखि स्थानीयवासी, आफन्त र प्रहरीले शवको खाेजी गरिरहेकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया