कांग्रेसको १४ औँ महाधिवेशन : आज प्रदेश सभा क्षेत्रमा निर्वाचन

 मंसिर ३, २०७८ शुक्रबार १०:४१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश तहको अधिवेशन हुँदैछ ।

देशभरका तीन सय तीस प्रदेश निर्वाचन क्षेत्रमध्ये १४ जिल्लामा प्रदेश तथा जिल्ला अधिवेशन भइसकेको छ । बाँकी प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश तहको अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो ।

प्राविधिक कारणले कुनै प्रदेशले अधिवेशन गर्न नसकेको अवस्थामा पर्सि ५ गतेभित्र अधिवेशन गर्नुपर्नेछ । मङ्सिर ६ गते निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन हुनेछ । पार्टीका गाउँ तथा नगरपालिकाका वडास्तरबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा वडाको एकाइ अध्यक्षले प्रदेशको निर्वाचनमा सहभागिता जनाउने छन् ।

क्षेत्रीय प्रतिनिधिले आफूहरूमध्येबाट अध्यक्षसहित १६ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ । त्यस्तै १६ जना प्रदेश निर्वाचनका लागि क्षेत्रीय प्रतिनिधिको चयन गर्नेछ । प्रदेशको निर्वाचन क्षेत्रबाट छानिएका क्षेत्रीय प्रतिनिधिले प्रदेशको सभापतिलगायतका पदाधिकारी चयन गर्नेछन् ।

सबै प्रदेशमा गरेर पाँच हजारभन्दा बढी प्रदेश क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । कांग्रेसले आउँदो मङ्सिर १६ र १७ गते सातवटै प्रदेशमा एकैसाथ प्रदेश अधिवेशन गर्दैछ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया