सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व सङ्कलन ९५ प्रतिशतले बढ्यो

 मंसिर १०, २०७८ शुक्रबार १५:२४:१३ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको राजस्व सङ्कलन ९५ प्रतिशतले बढेकाे छ । गएकाे आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा चालु आर्थिक वर्षको त्यही अवधिमा ९५ दशमलव ८० प्रतिशतले राजस्व वृद्धि भएको हो ।

कोरोना भाइरसका कारण पर्यटकीय गतिविधि ठप्प हुँदा आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिक (साउन, भदौ, असोज, कात्तिक) मा पाँच लाख ५१ हजार एक सय ३६ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । तर चालु आर्थिक वर्ष २०७८/०७९ को त्यही अवधिमा एक करोड १२ लाख ११ हजार पाँच सय ३३ रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयको तथ्याङ्क छ ।

निकुञ्जका सूचना अधिकारी विष्णु रोकायाका अनुसार गएकाे आर्थिक वर्षको पहिलो चौमासिकमा पर्यटक प्रवेश शुल्कबाट पाँच लाख १६ हजार तीन सय ५० रुपैयाँ, गैरकाष्ठ वन पैदावर बिक्री शुल्कबाट १८ हजार तीन सय ६ रुपैयाँ र दण्ड–जरिबानाबाट एक हजार ६ सय ५० रुपैयाँमात्रै राजस्व सङ्कलन भएको थियो । तर चालु आर्थिक वर्षमा भने सुरुवातदेखि नै पर्यटकीय गतिविधि चलायमान हुँदा राजस्व सङ्कलनमा अघिल्लो वर्षकाे तुलनामा धेरैले वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पर्यटन प्रवेश शुल्कबाट एक करोड दुई लाख २८ हजार तीन सय रुपैयाँ, गैरकाष्ठ वन पैदावर (ढुङ्गा, गिटी बालुवा) शुल्कबाट सात हजार सात सय ७८ रुपैयाँ, दण्ड–जरिबानाबाट ४५ हजार रुपैयाँ, गाइड प्रवेश शुल्कबाट चार लाख ९२ हजार रुपैयाँ र भरिया प्रवेश शुल्कबाट ३० हजार ६ सय ५० रुपैयाँ सङ्कलन भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो ।

त्यसैगरी क्याम्पिङ शुल्कबाट तीन लाख १२ हजार तीन सय रुपैयाँ र अन्य शीर्षकबाट एक लाख १२ हजार आठ सय पाँच रुपैयाँ गरी एक करोड १२ लाख ११ हजार पाँच सय ३३ रुपैयाँ राजस्व सङ्कलन भएको निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया