कांग्रेस लुम्बिनी प्रदेशमा संस्थापन इतरका पुन नेतृत्वको प्यानल विजयी

 मंसिर २०, २०७८ सोमबार ७:२८:२१ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको सभापतिमा संस्थापन इतर समूहका अमरसिंह पुन विजयी हुनु भएको छ । 

रोल्पा जिल्लाका पूर्व सभापति समेत रहनु भएका पुनले सङ्घीय सांसद समेत रहनु भएका रुपन्देहीका भरत शाहलाई ८५ मतले पराजित गर्दै सभापतिमा विजयी हुनु भएको हो । पुनले ८ सय ५२ र शाहले ७ सय ६७ मत प्राप्त गर्नुभयो ।

उपसभापतिमा गुल्मीका भुवनप्रसाद श्रेष्ठले ८ सय ४७ र दाङका राजु खनालले ७ सय ९२ मत प्राप्त गरी विजयी हुनु भएको छ । खनालसँग पुन समूहका रुपन्देहीका अष्टभुजा पाठक पराजित हुनु भयो ।

महामन्त्रीमा नवलपरासीका विक्रम खनाल ८ सय ४४ र कपिलवस्तुका सुरेन्द्रराज आचार्यले ८ सय ३९ मत ल्याएर विजयी हुनु भएको छ ।

सहमहामन्त्रीमा अर्घाखाँचीका विष्णु खनाल मुस्कान ८ सय ५९ र दाङका खगराज पाण्डे ७ सय ७६ मत ल्याएर निर्वाचित हुनु भएको छ। सहमहामन्त्री महिलातर्फ प्युठानकी निमा गिरी ८ सय ३० मत प्राप्त गरी विजयी हुनु भएको छ ।

विजयी ८ जना पदाधिकारीमध्ये एक जना उपसभापति राजु खनालबाहेक सबै अमरसिंह पुनले नेतृत्व गरेको संस्थापन इतर समूहको प्यानलका उम्मेदवार हुन् । शनिवार भएको चुनावमा १ हजार ६ सय ३१ मत खसेको थियो । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया