कोरोनाकाे भेरियन्ट पत्ता लगाउन स्वाब काठमाण्डौ पठाइयो

 मंसिर २२, २०७८ बुधबार ९:५०:१७ | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूरपश्चिममा कोरोना पुष्टि भएका १३ जनाको स्वाब भेरियन्ट पत्ता लगाउन काठमाण्डौ पठाइएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला, धनगढीका अनुसार कञ्चनपुरको गड्डाचौकी नाकामा कोरोना पुष्टि भएका तीन जना र सेती प्रादेशिक अस्पतालमा कोरोना पुष्टि भएका १० जना गरी १३ जनाको स्वाब काठमाण्डौ पठाइएको हो । 

संक्रमण पुष्टि भए पनि भेरियन्ट पत्ता लगाउनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नेपालमा पनि पुष्टि भएपछि भेरियन्ट पत्ता लगाउन स्वाब काठमाण्डौ पठाइएको हो ।

सबैभन्दा पहिले कोरोनाभाइरस संक्रमण पत्ता लगाउनका लागि व्यक्तिको स्वाबको नमूना संकलन गरिन्छ । सुदूरपश्चिमका प्रयोगशालाले कुन भेरियन्टको भाइरस हो भन्ने पत्ता लगाउन नसक्ने भएका कारण कोरोना पुष्टि भएकाहरुको स्वाब परीक्षणका लागि काठमाण्डौ पठाउनु पर्ने अवस्था रहेको छ । कुन भेरियन्ट हो भनेर हेर्नका निम्ति भाइरसको डीएनए वा आरएनएमा रहेका तत्वहरूको क्रम अर्थात् सीक्वन्स हेर्नुपर्ने भएकाले कोरोना पुष्टि भएकाहरुको स्वाब काठमाण्डौ पठाउन थालिएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया