एसेज श्रृङ्खलाको पहिलो टेष्टमा अष्ट्रेलिया ९ विकेटले विजयी

 मंसिर २५, २०७८ शनिबार १३:३५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसेज श्रृङ्खला अन्तर्गतको पहिलो टेष्ट अष्ट्रेलियाले नौ विकेटले जितेको छ । ब्रिस्वेनमा इंग्ल्याण्डले दिएको २० रनको लक्ष्य अष्ट्रेलियाले चौथो दिनको खाना समय अघि नै मात्र १ विकेट गुमाएर भेटायो ।

पहिलो पारीमा इंग्ल्याण्डलाई एक सय ४७ रनमा अलआउट गरेको अष्ट्रेलियाले चार सय २५ रन बनाएको थियो । दोस्रो पारीमा पनि उत्कृष्ट प्रदर्शन गर्दै अष्ट्रेलियाले इंग्ल्याण्डलाई दुई सय ९७ रनमा अलआउट गरे पनि जम्मा २० रनको लक्ष्य पाएको थियो । दोस्रो पारीमा इंग्ल्याण्डका डेविड मलानले ८२ र कप्तान जोय रुटले ८९ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका नाथन लायनले चार, क्यामरन ग्रिन र प्याट कमिन्सले दुई/दुई तथा मिचेल स्टार्क र जोस हजलउडले एक/एक विकेट लिए ।

जितसँगै अष्ट्रेलियाले पाँच खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । दोस्रो टेष्ट डिसेम्बर १६ तारिखमा एडिलेडमा हुनेछ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया