सहकारीकाे दर खाएर बिरामी हुनेकाे संख्या ३७९ पुग्यो, प्रदेश सांसद पनि बिरामी

 भदौ २३, २०७५ शनिबार १७:३५:५० | कपिल कोइराला
unn.prixa.net

काभ्रे – काभ्रेको पाँचखाल नगरपालिका–१२, कासकोटको तीनघरे छेउमा सहकारीको तीजको दर खाँदा बिरामी हुनेको संख्या ३७९ पुगेको छ । 

बिरामीमध्ये १३५ जना अझै अस्पतालमा उपचाररत छन् भने बाँकीको डिस्चार्ज भएको जिल्ला प्रहरी प्रमुख रविराज खड्काले जानकारी दिनुभयो ।

अहिलेपनि धुलिखेल अस्पतालमा २१ जना, शिर मेमोरियल अस्पतालमा ५१ जना, प्राथमिक स्वास्थ्य केन्द्र पाँचखालमा ४४ जना, पाँचखाल सुदिप मेडिकलमा १६ जना र बनेपा हस्पिटलमा ३ जनाको उपचार भइरहेको प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो । 

प्रदेश सांसद भुर्तेल पनि बिरामी 

सहकारीकाे दर खाएर बिरामी हुनेमा प्रदेश नं ३ का सांसद गोमा भुर्तेल पनि हुनुहुन्छ । उहाँ कार्यक्रमको प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको थियो । उहाँको पनि उपचार भैरहेको प्रहरीले जनाएको छ । 

ग्रामीण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएकाहरु बिरामी परेका हुन् ।
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • प्रकास

    Sept. 8, 2018, 6:37 p.m.

    तिज पर्वलाइ संस्थागत नै भड्किलो बनाउदाको परिणाम हो यो । जे भयो त्यो ठिक चाहिँ होइन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया