करेन्ट लागेर सङ्खुवासभामा एक प्राविधिककाे ज्यान गयाे

 पुस ३०, २०७८ शुक्रबार १२:३:३४ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिका ३ मा करेन्ट लागेर आज शुक्रवार एक जना प्राविधिककाे ज्यान गएको छ । 

ज्यान गुमाउनेमा २८ वर्षीय अनिलकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले बताउनुभयो ।

सभापोखरी गाउँपालिका–३ मा बनिरहेकाे स्वास्थ्य चौकी भवनको नजिकै रहेको ११ केभीको ट्रान्समिसन लाइन छुँदा उहाँलाई करेन्ट लागेको थियाे । करेन्ट लागेका ठाकुरलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा बाटोमा नै ज्यान गएकाे प्रहरीको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया