स्याङ्जा : विद्युत् अभावमा जिल्ला अस्पतालमै थन्कियो अक्सिजन प्लान्ट

 माघ ११, २०७८ मंगलबार ११:१:३५ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - विद्युत् अभावमा जिल्ला अस्पताल स्याङ्जाले खरिद गरी ल्याएको अक्सिजन प्लान्ट सञ्चालन हुन सकेको छैन । कोरोना माहामारी तीव्र रुपमा फैलिरहेको अवस्थामा पनि जिल्ला अस्पतालले खरिद गरी ल्याएको अक्सिजन प्लान्ट सञ्चालन हुन नसकेको हो । 

अस्पतालले गएकाे भदौमा अक्सिजन प्लान्ट खरिद प्रक्रियामार्फत अक्सिजन प्लान्ट भित्र्याएको थियो । जेठमा गरिएको टेन्डरमार्फत भदौमा प्लान्ट आएको भए पनि अहिलेसम्म सञ्चालन हुन नसकेको हो । अक्सिजन प्लान्ट खरिद गर्दा अस्पतालले विद्युतीय ट्रान्समिटर खरिद गरेको थिएन ।  

अक्सिजन प्लान्टलाई आवश्यक पर्ने विद्युतको व्यवस्थापन नहुँदासम्म प्लान्ट सञ्चालनमा ल्याउन नसकिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले बताउनु भयो । हाइ भोल्टेजको बिजुली नभएकाले यो समस्या आएको उहाँको भनाइ छ । 

विद्युत् कार्यालयसँग छलफल भइरहेको र ट्रान्समिटर माग गरिएको प्रजिअ पौडेलको भनाइ छ । प्लान्ट सञ्चालनका लागि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली सकारात्मक रहेको भन्दै प्रजिअ पौडेलले संयुक्त जुम बैठकमा समेत यो विषय उठान गरेको जानकारी गराउनु भयो । 

स्याङ्जामा एउटा पुरानो अक्सिजन प्लान्ट छ । त्यही प्लान्टले अहिलेसम्म काम चलाइएको छ । गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने योजना अन्तर्गत जिल्लामा अक्सिजन प्लान्ट ल्याएको हो तर विद्युतकै समस्याले जडान गर्न नसकिएको अस्पतालले जनाएको छ । 

भिरकोट अस्पतालमा भने महावीर पुनको सक्रियतामा जडान गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा रहेको छ। 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया