रुपन्देहीमा दुई जनाकाे शव भेटियाे

 माघ ११, २०७८ मंगलबार २०:५:१४ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देहीमा आज मङ्गलवार दुई जनाकाे शव भेटिएकाे छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार देवदह नगरपालिका ९ घोडाहाको जङ्गलमा एक महिला र एक बालिकाकाे शव भेटिएको हो । 

ती दुई शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएकाे इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठकबहादुर केसीले जानकारी दिनुभयो । भेटिएकाे शवकाे सनाखत भइसकेकाे छैन ।  

आज बिहान ११ बजेतिर स्थानीयवासीले झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना शङ्कास्पद देखिएकाले अनुसन्धान थालिएको प्रहरीले बताएको छ । शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया