‘सकभर आफ्नै तागतमा चुनाव लड्ने हाे तर गठबन्धनलाई पनि निरन्तरता दिनुपर्छ’

 चैत १४, २०७८ सोमबार १७:३२:४८ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकभर अफ्नै तागतमा चुनाव लड्ने बताउनुभएकाे छ । राेल्पामा आज साेमवार भएकाे कार्यक्रममा बाेल्दै उहाँले भन्नुभयाे, ‘सकभर आफ्नै तागतमा चुनाव लड्ने हो तर विशेष परिस्थितिमा बनेको यो गठबन्धनलाई पनि निरन्तरता दिन आवश्यक छ ।’   

कार्यक्रममा अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनावमा सदरमुकाम रहेका पालिकासम्म गठबन्धन गर्ने तयारी भइरहेको बताउनुभयाे । उहाँले सबै पालिकामा गठबन्धन गर्न सम्भव नभए पनि महानगर, उपमहानगर र सदरमुकाम रहेका पालिकासम्म अहिलेकै गठबन्धन गर्ने तयारी भइरहेको बताउनुभएको हो । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पनि धेरैजसाे नेताहरूले गठबन्धन गर्ने मत व्यक्त गरेकाले स्थानीय चुनावमा पनि गठबन्धन हुने निश्चित भएको उहाँको भनाइ छ ।

देशभर चुनावी माहोल बढेकाले सबै दल आ–आफ्नै पक्षमा जनमत बनाउन लागेकाले आफ्नो पार्टीले पनि त्यही नीतिलाई अघि सारेको अध्यक्ष प्रचण्डले बताउनुभयो । आजै उहाँले रोल्पा नगरपालिकाले निर्माण गरेको जनयुद्ध स्मृति भ्यु टावरको उद्घाटन र माओवादी केन्द्र रोल्पाले लिबाङमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया