भारतको उत्तराखण्डमा पतञ्जलीका १४ जडीबुटी औषधिको लाइन्सेन्स रद्द

 बैशाख १८, २०८१ मंगलबार १२:४:२४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको उत्तराखण्ड प्रदेश सरकारले पतञ्जलीका १४ वटा उत्पादनको अनुमति पत्र अर्थात् लाइसेन्स रद्द गरिदिएको छ । जडीबुटी औषधि तथा अन्य किराना वस्तु उत्पादन गर्दै आएको पतञ्जलीविरुद्ध सर्वोच्च अदालतले अवहेलना मुद्दामा जवाफ मागेकै समयमा उत्तराखण्ड सरकारले १४ वटा औषधिको लाइसेन्स खारेज गरिदिएको हो ।

कोरोना खोप कार्यक्रमको विषयमा बाबा रामदेव र आचार्य बालकृष्णको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चले उनीहरूलाई जवाफ दिन आदेश दिएको थियो ।

यसलगत्तै उत्तराखण्ड सरकारले स्वासारी गोल्ड, स्वासारी वटी, ब्रोकोम, स्वासारी प्रवाही, स्वासारी अवलेह, मुक्ता वुटी एक्स्ट्रा पावर, लिपिडोम, बीपी ग्रिट, मधुग्रिट, मधुनाशिनी वटी एक्स्ट्रा पावर, लिवामृत एडभान्स, लिभोग्रिट, आईग्रिट गोल्ड र पतञ्जली दृष्टि आईड्रपको लाइसेन्स खारेज गरेको जानकारी अदालतमा पठाएको छ ।

यसअघि पतञ्जलीविरुद्ध इन्डियन मेडिकल एसोसिएशनले सन् २०२२ मा आधुनिक चिकित्सा प्रणालीलाई बदनाम गराएको आरोपमा अदालतमा मुद्दा दायर गरेको थियो । यो मुद्दाको सुनुवाइमा रामदेव र आचार्य बालकृष्ण उपस्थित नभएपछि अदालतले अवहेलनाको मुद्दा चलाएको छ ।

सर्वोच्च अदालतमा पतञ्जलीसँग जोडिएको दिव्य फार्मेसीको रक्तचाप, थाइराइडलगायतका औषधिको विज्ञापनविरुद्धको मुद्दासमेत विचाराधीन छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया