राेल्पाकाे 'जनयुद्ध स्मृति भ्यु टावर' वार्षिक २४ लाख रुपैयाँमा ठेक्कामा दिने तयारी

 चैत १५, २०७८ मंगलबार १३:४०:४ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पा नगरपालिकाको गौरवको योजना जनयुद्ध स्मृति भ्यु टावरलाई ठेक्कामा दिने तयारी भएको छ । हिजो सोमवार माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको भ्यु टावरलाई नियमित सञ्चालनका लागि टेन्डरमार्फत वार्षिक २४ लाख रुपैयाँमा ठेक्का दिने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । ६ करोड १० लाख ६५ हजार रुपैयाँको लगानीमा निर्माण भएको भ्यु टावरले यस क्षेत्रमा रहेको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने नगरपालिकाले अपेक्षा गरेको छ । 

भ्यु टावरलाई मासिक दुई लाख रुपैयाँका दरले ठेक्कामा कुनै कम्पनीलाई चलाउन दिने तयारी भइरहेको रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले जानकारी दिनुभयो । ‘भ्यु टावरको रेखदेखसहित सञ्चालन र नगरको आम्दानीलाई दिगो बनाउन कुनै कम्पनीलाई दिने तयारी भइरहेको छ’, नगर प्रमुख केसीले भन्नुभयो, ‘त्यसका लागि हामी केही दिनमै सूचना निकाल्छौँ ।’

नगरपालिका आफैँले सञ्चालन गर्दा व्यवस्थापनमै धेरै रकम खर्च हुने देखिएपछि ठेक्कामा दिन लागिएको हो । ठेक्कामा दिँदा नगरपालिकालाई वार्षिक २४ लाख रुपैयाँ खुद आम्दानी हुनेछ भने अन्य नाफा वा घाटा जिम्मा लिने कम्पनीले बेहोर्ने छ ।

पर्यटन प्रवर्द्धनकाे सम्भावना कति ?

निर्माण सुरु गर्दा नेपालकै अग्लो भनिएको भ्यु टावरलाई अहिले जनयुद्ध स्मृति भ्यु टावर नामाकरण गरिएको छ । भ्यु टावरको उद्घाटन गर्दै प्रचण्डले भनेको जस्तै युद्ध पर्यटन, ढुङ्गे बगैँचा र स्वर्गद्वारीलाई जोड्न सके यस क्षेत्रमा पर्यटक आउने सम्भावना देखिन्छ । त्यसका लागि विशेष प्याकेज बनाएर यस क्षेत्रका पर्यटकीय स्थलको प्रचार प्रसारमा जोड दिन आवश्यक छ । यहाँ बाह्य पर्यटकभन्दा पनि आन्तरिक पर्यटकलाई नै बढी प्राथमिकता दिएर योजना बनाउनुपर्ने जानकारहरूको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया