पाथीभरामा तीर्थयात्रीको चाप बढ्यो

 चैत १५, २०७८ मंगलबार २०:२८:४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

फाइल फाेटाे

ताप्लेजुङ – कोरोना सङ्क्रमणका कारण गएको तीन वर्षदेखि शिथिल भएको पाथीभरा देवीको मन्दिरमा तीर्थयात्रीको चाप बढेको छ । अहिले सिजन सुरु हुनुअघि नै दैनिक सात हजार जनासम्म तीर्थयात्री आउन थालेका छन् । 

कोरोनाको जोखिम घटेसँगै सिजन अगाडि नै दैनिक सात हजार जनासम्म तीर्थयात्री आएका पाथीभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्लेले बताउनुभयो । 

पाथीभरा दर्शनका लागि वैशाखभरि नै मुख्य सिजन मानिन्छ । चैते दशैँ नजिकिएसँगै पाथीभरा दर्शन गर्न आउने तीर्थयात्रीहरूको सिजन सुरु भएको हो । 

काफ्लेका अनुसार सुकेटारदेखि तल्लो फेदी नजिक भालुगौंडेसम्मको मोटरबाटो मर्मत गरी आवतजावत गर्न सहज बनाइएको छ । सिजनमा पाथीभरा दर्शनका लागि देशका विभिन्न जिल्लासहित भारतको दार्जिलिङ र सिक्किमबाट पनि तीर्थयात्री आउने गरेका छन् । पाथीभराको दर्शन गरेपछि मनले चिताएका कुराहररू पुग्ने विश्वास रहिआएको छ । 

तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरामा देवीको दर्शनसँगै त्यहाँबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा र किराँतहरूको धार्मिक आस्थाको केन्द्र फक्ताक्लुङ (कुम्भकर्ण) लगायतका हिमाल हेर्न सकिने भएकाले भने यहाँ आकर्षण छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया