चट्याङ लागेर  भलिबल खेलाडीको ज्यान गयो

 चैत २०, २०७८ आइतबार ८:१३:३३ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – चट्याङ लागेर ताप्लेजुङमा एक जनाको ज्यान गएको छ । गएराति परेको चट्याङका कारण भलिबल खेलाडी सिरिजंघा गाउपालिका वडा नं. २ आम्बेगुदिन लासाटोल निवासी २३ वर्षीय मुकेश भट्टराईको ज्यान गएको हो । 

राति करिब १० बजे तिर स्थानीय रनबहादुर चौहानको दुधडेरी अगाडि बसिरहेको अवस्थामा पानी संगै परेको चट्याङले लागेर र घाइते भएका भट्टराईलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा  पुर्‍याउना साथ  चिकित्सकले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुकेश जिल्लामा भलिबल प्रतियोगिताका अब्बल खेलाडीको रुपमा चिनिन्थे । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया