कांग्रेस रोल्पाले खोज्यो आधा हिस्सा, नभए गठबन्धन नगर्ने

 चैत ३०, २०७८ बुधबार १८:४१:२५ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – नेपाली कांग्रेस रोल्पाले सबै पालिका र वडामा आधा हिस्सा नपाए गठबन्धन नगर्ने भएको छ । कांग्रेस राेल्पाले हिजाे मङ्गलवार जिल्ला पार्टी कार्यालयमा गरेको वृहत् छलफलबाट जिल्लाका १० पालिकामध्ये पाँच वडामा प्रमुख र पाँच वडामा उपप्रमुखमा दाबी गर्ने निष्कर्ष निकालेको हो । यस्तै ७२ वडामध्ये ३६ वडामा एक सदस्यसहित अध्यक्ष र ३६ वडामा तीन वटा सदस्य पाउनैपर्ने र याे नभए एक्लै चुनावमा जाने जनाएको छ ।

गठबन्धन दलहरूले कांग्रेसको निर्णय मान्न तयार भए गठबन्धन गर्ने नभए सौहार्दपूर्ण तरिकाले एक्लै चुनावमा जाने निष्कर्षमा पुगेको नेपाली कांग्रेस रोल्पाका सभापति किशोरकुमार आचार्यले बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘जिल्ला कार्य समिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र १४ औँ महाधिवेशनका जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका प्रत्याशीहरूको उपस्थितिमा भएको बैठकको सुझावअनुसार हामी निष्कर्षमा पुगेका हौँ । यसरी नै चुनावमा जाँदा उपयुक्त हुने हाम्रो ठहर छ ।’

कांग्रेस राेल्पाले बैठककाे निर्णयअनुसार चुनावमा भाग लिन पार्टीका क्षेत्र, पालिका तथा वडा समितिहरूलाई निर्देशन पनि दिएको जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया