रुपन्देहीमा ४ हजार ७ सयभन्दा बढीको उम्मेदवारी

 बैशाख १३, २०७९ मंगलबार १२:३२:२२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देहीमा ४ हजार ७ सय ३२ जनाको उम्मेदवारी परेको छ ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार १६ पालिकामा आइतवार र सोमवार गरी ४ हजार ७३२ जनाको उम्मेदवारी परेको हो।

नगरप्रमुखमा ८८ जना र उपप्रमुखमा ७१ जनाको उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्षमा ११७ जना र उपाध्यक्षमा ९५ जनाको उम्मेदवारी परेको छ।

१ हजार ५७ जनाको वडाध्यक्ष, ८२६ जना महिला सदस्य, ७५६ जना दलित महिला सदस्य र १ हजार ७२२ जनाको सदस्यमा उम्मेदवारी परेको निर्वाचन कार्यालय रुपन्देहीले जनाएकाे छ। 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया