प्रिमियर लिग : म्यानचेस्टर सिटी र चेल्सीको जित, शीर्ष स्थानको सिटीलाई ३ अङ्कको अग्रता

 बैशाख २९, २०७९ बिहिबार ८:२८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले उल्भ्सलाई हराएको छ । आज बिहान भएको खेलमा सिटीले उल्भ्सलाई ५–१ को फराकिलो गोल अन्तरले हराएको हो।

सिटीका केभिड डी ब्रुइनले ४ गोल गरे । रहिम स्टर्लिङले एक गोल थपे । उल्भ्सका लेन्डर डेनडोकरले एक गोल फर्काए । जितसँगै शीर्ष स्थानको सिटीको ३६ खेलमा ८९ अङ्क भएको छ।

दोस्रो स्थानमा रहेको लिभरपुलको समान खेलमा ८६ अङ्क छ । सिटीले ३ अङ्कको अग्रता बनाएको छ । अर्को खेलमा चेल्सीले लिड्स युनाइटेडलाई ३–० गोलले हराएको छ । तेस्रो स्थानमा रहेको चेल्सीको ३६ खेलमा ७० अङ्क छ ।

त्यस्तै लेस्टर सिटीसँग नर्विच सिटी ३–० गोलले पराजित भएको छ ।

वाटफाेर्ड र एभर्टनले गोलरहित बराबरी खेलेका छन् ।
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया