स्याङ्जाको वालिङमा जीप दुर्घटना : १३ जनाको ज्यान गयाे, १० जना घाइते

 बैशाख ३०, २०७९ शुक्रबार १२:०:२८ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जाकाे वालिङ-१४ काे अर्खलाबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाकाे ज्यान गएकाे छ । १० जना घाइते भएका छन् ।

मतदानका लागि जाँदै गरेका मतदाताहरु बाेकेकाे  ग २ च ३०२६ नम्बरकाे जीप  पर्वत जोड्ने सडकबाट झरेको हो । जीपमा ३२ जना यात्रु रहेका प्रहरीले जनाएकाे छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले १० जना घाइतेलाई उपचारका लागि लगिएको जानकारी दिनुभयाे ।

उनीहरुकाे गह्रौँ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई पोखरा लगिएकाे छ ।

अहिले अन्य घाइतेहरुकाे उद्धारको कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ । यसबारे थप विवरण भने आउन बाँकी रहेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया