कोही नानी बोकेर मतदान केन्द्र पुगे, कसैले हजुरबालाई बोकेर पुर्‍याए

 बैशाख ३०, २०७९ शुक्रबार १२:२६:४७ | केशवप्रसाद भट्टराई

ताप्लेजुङ - ताप्लेजुङका सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

कोही काखमा नानी च्यापेर मतदान केन्द्र पुगेका छन् भने कोही छोरा र नातिको बुईमा बोकिएर मतदान गर्न गएका छन् ।

जिल्लाका हरेक मतदान केन्द्रमा मतदाताले उत्साहित मतदान गरिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सबैभन्दा टाढा र थोरै मतदाता रहेको याङमा मतदान केन्द्रमा पनि मत मतदान भइरहेको छ ।

जिल्लाका ७३ ठाउँका १ सय २२ मतदान केन्द्रमा मतदान भइरहेको मुख्य निर्वाचन कार्यालयका प्रमुख तथा जिल्ला न्यायाधीश प्रकाश राउतले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया