रोल्पाको परिवर्तन गाउँपालिकामा माओवादी विजयी

 जेठ २, २०७९ सोमबार १६:५६:६ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पाको परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ । कांग्रेस-एमाले-एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विश्वकुमार चन्दले ३ हजार १ सय ३१ मत प्राप्त गर्दा माओवादीका सुकबहादुर बुढामगर ३ हजार ३ सय ११ मतका साथ अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी कलादेवी खत्री ३ हजार ३ सय ८७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका सपना बुढामगरले २ हजार ३ सय ८ मत प्राप्त गर्नुभएको छ । ६ वटा वडा रहेको यो गाउँपालिकामा ४ वटा माओवादी र २ वटा वडा कांग्रेसले जितेको छ । अघिल्लो निर्वाचनमा सबै वडा नेकपा माओवादी केन्द्रले जितेको थियो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया