महोत्तरीको एकडारामा जसपा निर्वाचित

 जेठ ५, २०७९ बिहिबार ११:३५:३३ | रासस
unn.prixa.net

महाेत्तरी - महोत्तरीको एकडारा गाउँपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार अध्यक्ष तथा उपाध्यक्ष पदमा विजयी हुनुभएको छ ।

अध्यक्षमा ४ हजार ४९९ मत प्राप्त गरी दीपनारायण मण्डल र उपाध्यक्षमा ४ हजार ६७१ मत प्राप्त गरी महजवी खातुन निर्वाचित हुनुभएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रामछविला साहले २ हजार ४११ र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकै रुक्साना खातुनले २ हजार ७६ मत प्राप्त गर्नुभएको हाे ।

त्यस गाउँपालिकामा जसपाले वडा नं १, २, ३ र ६ मा तथा लोसपाले वडा नं ४ र ५ मा जित हासिल गरेको छ । 

 

अन्तिम अपडेट: बैशाख ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया