नेपालगञ्ज उपमहानगरकाे गठबन्धनबाट मेयरमा कांग्रेस र उपमेयरमा जसपा विजयी

 जेठ ६, २०७९ शुक्रबार ८:५३:१० | गोविन्द शर्मा
unn.prixa.net

बाँके - बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको गठबन्धनका तर्फबाट मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट विजयी हुनुभएको छ । विष्ट २३ हजार ४ सय ६० मतसहित विजयी हुनुभएको हाे।

नेकपा एमालेका पशुपति दयाल मिश्राले ११ हजार ६ सय ७५ मत प्राप्त गर्नुभएको छ । विष्ट ११ हजार ७ सय ८५ मतान्तरले विजयी हुनुभएको हो ।

राप्रपाका नन्दलाल वैश्यले ७ हजार ५ सय ९८ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राई  १७ हजार ९ सय ५० मतसहित विजयी हुनुभएको छ । एमालेकी शान्ति ढकालले  १० हजार ९ सय १५ मत र राप्रपाकी विन्दु चर्तिमगरले १० हजार १३५ पाउनुभएको छ।

नेपालगञ्जका २३ वडामध्ये जसपाले ५, १३, १४, १५, २०, २२ गरी ६ वडा, कांग्रेसले १२, १७, १९, २१, २३ गरी ५ वडा, एमालेले  १, ६, ७, ९, १८ गरी ५ वडा, माओवादीले ३, ४,११,१६ गरी ४ वडा र राप्रपाले २, ८, १० गरी ३ वडा जितेको छ ।
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया