पाँच उपमहानगरको नतिजा सार्वजनिक : ६ वटामा मतगणना चल्दै

 जेठ ७, २०७९ शनिबार ६:५७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङको तुलसीपुर उपमहानगरपालिकामा भइरहेकाे मतगणना

काठमाण्डाै - ११ वटा उपमहानगरपालिकामध्ये हेटौँडा, नेपालगञ्ज, घोराही, कलैया र जितपुर सिमराको नतिजा सार्वजनिक भइसकेको छ ।

हेटौँडामा मेयरमा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेस, नेपालगञ्जको मेयरमा कांग्रेस र उपमेयरमा जसपा, कलैयामा मेयर र उपमेयर दुवैमा एमाले, दाङको घोराहीमा पनि मेयर र उपमेयरमा एमाले तथा बाराको जितपुर सिमरामा मेयरमा माओवादी र उपमेयरमा एमाले विजयी भएका हुन् । 

बुटवलमा मेयरमा कांग्रेस र उपमेयरमा एमाले, इटहरीमा मेयरमा कांग्रेस र उपमेयरमा एमाले, धरानमा मेयरमा स्वतन्त्र र उपमेयरमा माओवादी, धनगढीमा मेयरमा स्वतन्त्र र उपमेयरमा माओवादी, तुलसीपुरमा मेयर र उपमेयरमा एमाले, जनकपुरधाममा मेयरमा स्वतन्त्र र उपमेयरमा कांग्रेसको अग्रता छ । 

१. बुटवलमा 
कांग्रेसका खेलराज पाण्डेय : २५ हजार ६ सय १२
एमालेका बाबुराम भट्टराई : १८ हजार ६ सय ५९

२. इटहरी
कांग्रेसका हेमकर्ण पौडेल : २६ हजार ६ सय ५२
एमालेका यामकुमार चुम्वाङ सुब्बा : २२ हजार ५ सय ८०

३. धरान
स्वतन्त्र हर्कराज राई : १२ हजार ९५
कांग्रेस किशोर राई : १० हजार ७ सय ८१
एमाले मञ्जु भण्डारी सुवेदी : ८ हजार ७ सय ३९

४. धनगढी
स्वतन्त्र गोपाल हमाल : २१ हजार ८१
कांग्रेसका नृपबहादुर वड : १० हजार ४ सय ५७

५. तुलसीपुर
एमालेका टीकाराम खड्का : १० हजार ६ सय ५
कांग्रेस गेहेन्द्र गिरी : १० हजार ५ सय ३४

६. जनकपुरधाम
स्वतन्त्र मनोजकुमार साह सुड्डी : ७ हजार ७ सय ८
एमालेका शिवशङ्कर साह : ५ हजार २ सय ८०

तस्बिर : रासस

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया