पोखरा विमानस्थल खुल्यो : उडान-अवतरण सुरु

 जेठ १७, २०७९ मंगलबार १०:४६:४९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – तेलको ट्याङकर पल्टिएपछि अवरुद्ध भएको पोखरा विमानस्थल खुलेको छ । बिहान ८ बजे पल्टिएको ट्याङकरलाई क्रेनको साहायताले उठाएसँगै बिहान ९ बजेपछि उडान–अवतरण शुरु भएको  विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिनुभयो ।

आयल निगमको डिपोबाट बिहान जहाजमा तेल भर्न जाँदै गरेको ट्याङकर विमानस्थल परिसरभित्रको घाँसे मैदानमा पल्टिएको थियो ।  पल्टिएको ट्याङकरलाई क्रेनले उठाएपछि अर्को ट्याङकरबाट तेल राखेर जहाज सञ्चालनमा आएका छन् । 
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया