गर्मी बढेपछि बाँकेका ३ पालिकाका विद्यालय बन्द

 जेठ २६, २०७९ बिहिबार १७:५५:३१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – गर्मी बढेपछि बाँकेका ती पालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

गर्मी बढेका कारण पठनपाठनमा समस्या आएकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोरखबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यही जेठ २७ देखि जेठ ३१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिनेछ । अभिभावकको अनुरोधको आधारमा शिक्षा सम्बद्ध सङ्घ–संस्थासँग समन्वय गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको हाे । 

कोहलपुर नगरपालिकाले पनि शिक्षासँग सम्बन्ध विभिन्न सरोकारवाला सङ्घ–संस्थासँग समनवय गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ । मौसममा सुधार भएमा बिदाको समय परिवर्तन हुन सक्ने सूचनामा उल्लेख गरिएको छ । परीक्षाका कार्यक्रम भने नियमित हुने भएका छन् ।

यस्तै खजुरा गाउँपालिकाले पनि सबै विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले गर्मी बढेर पठनपाठनमा समस्या आएपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको जानकारी दिनुभयो । पूर्व निर्धारित परीक्षा र अन्य प्रशासनिक कार्यका लागि प्रशासनिक कक्ष खुला राखिने गाउँपालिकाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया