महँगी बढ्ने कुरा केवल सरकारको हातमा मात्र छैन : सञ्चार मन्त्री कार्की

 असार ७, २०७९ मंगलबार १७:४३:४४ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल फाेटाे

कास्की – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महँगी बढ्ने कुरा केवल सरकारको हातमा मात्र नरहेको बताउनुभएकाे छ । पेट्रोलियम पदार्थमा मूल्य बढ्दा अरू क्षेत्रमा महँगी बढेको बताउँदै पेट्राेलियम पदार्थलाई विस्थापित गर्न ऊर्जामा जोड दिनुपर्ने उहाँकाे भनाइ छ । 

नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०७८ वितरण समारोहमा मन्त्री कार्कीले ऊर्जा विकासलाई व्यवस्थित गर्दै उत्पादित ऊर्जा खेर नजाने गरी खपत बढाउनुपर्ने ताउनुभयाे । 

कार्यक्रममा बाेल्दै उहाँले शासन पद्धतिमा परिवर्तनसँगै जनताको जीवनस्तरमा पनि परिवर्तन आउनु आवश्यक रहेकाे बताउनुभयाे । आउँदा दिनमा नेपालीलाई कसरी सम्पन्न बनाउने भन्नेतर्फ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयाे । आउँदाे पुस्तालाई समृद्ध पुस्ता बनाउने गरी पुँजी निर्माणका लागि लगानीमैत्री वातावरण बनाउनुपर्ने उहाँकाे भनाइ छ । 

मन्त्री कार्कीले नेपालले पञ्चशीलको सिद्धान्तलाई आत्मसात् गर्दै अन्य देशसँग सम्बन्ध विस्तार गर्दै अघि बढ्ने धारणा राख्नुभयाे । 

दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०७८ बाट मन्त्री कार्कीले पत्रकार बबिता बस्नेतलाई सम्मानपत्रसहित एक लाख एक हजार एक सय ११ रुपैयाँ प्रदान गर्नुभयाे । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया