सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडक बन्द : लगातार पानी परेपछि सडक खुलाउन समस्या

 असार १५, २०७९ बुधबार ७:५१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडक बन्द भएको छ ।

सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र पाल्पा, स्याङ्जामा चल्ने गाडी चल्न नसकेकाे ट्राफिक प्रहरीले जनाएको छ ।

बुटवल–तानसेन खण्डमा सिद्धबाबा, गौडेपुल, चर्चरे, पानीमिललगायतका ठाउँमा पहिरो खसेको छ । त्यस्तै पाल्पाको सदरमुकाम तानसेन हुँदै गुल्मीको तम्घास खण्डमा पनि गाडी चल्न सकेका छैनन् ।

हिजो बेलुकादेखि परेको पानीले पहिरो खसेको हो । रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बाग्लुङलगायतका जिल्लामा निरन्तर पानी परेको छ । पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया