बाढी/पहिरोका कारण मुख्य सडकको अवस्था खराब, दशैँसम्म मर्मत हुने सम्भावना कम

 भदौ २२, २०७९ बुधबार ७:५९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

गएकाे हप्ता मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङ सडक खण्डमा पर्ने पर्वतको मोदी गाउँपालिका ५ भ्याप्लेमा पहिराे खसेपछि पन्छ्याउँदै डाेजर

काठमाण्डाै – दशैँ तिहार जस्ता मुख्य चाडपर्व नजिकिएका छन् । दशैँका बेलामा ओहोरदोहोर गर्ने यात्रु र गाडीको संख्या पनि धेरै हुन्छ । तर अहिले देशका मुख्य राजमार्ग र सडकको अवस्था खराब छ ।

यसवर्षको मनसुनी वर्षाले मुख्य राजमार्गमा निरन्तर पहिरो झर्ने गरेको छ । पूर्व-पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डमा बेला बेला लेदोसहित पहिरो झरिरहेको छ । यस्तै, मुग्लिन-नारायणगढ र सिद्धार्थ राजमार्गको पाल्पा-बुटबल खण्डमा पनि जोखिम छ । मध्यपहाडी लोकमार्ग, कोशी राजमार्ग, कर्णाली राजमार्ग लगायतका सडकका ठाउँ ठाउँमा पनि पहिरो तथा कटानले क्षति पुर्‍याएको छ ।

विगतमा समयमै सडक मर्मत नहुँदा यात्रुले निकै सास्ती भोगेका थिए । यसवर्ष पनि उस्तै नियति भोग्नुपर्ने भएको छ । मनसुन अवधि बाँकी रहेकाले नयाँ ठाउँमा पनि पहिरोको जोखिम हुने हुनाले सबैतिरका सडक चुस्त बनाउन नसकिने सडक विभागले जनाएको छ ।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार दशैँसम्म केही सडकमा खाल्डाखुल्डी मर्मतको काम निरन्तर हुने तर पूर्णरुपमा मर्मतको काम सकिने छैन । सम्भव भएसम्म खाल्डाखुल्डी पुर्ने काम गर्ने उहाँले बताउनुभयो । मनसुनी अवधिमा गरिएको काम दिगो नहुने भएकाले ठूला मर्मतका काम तत्काल गर्न सक्ने अवस्था नरहेको सडक विभागका उपमहानिर्देशक अधिकारले बताउनुभयो ।

पहिरोका कारण लमजुङको उदीपुर–डुम्रे–बेँसीसहर, बेँसीसहर–चामे सडक अझै बन्द छ । त्यस्तै बाजुराको साँफेबगर–मार्तडी सडक पनि बन्द रहेको छ । अहिले बन्द रहेका सडकमा कम्तिमा दशैँ/तिहारलाई केन्द्रित गरी सम्भव भएसम्म आवागमन नरोकिने गरी मर्मत गर्ने तयारी भैरहेको विभागले जनाएको छ ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया