असाेज १ गतेदेखि दशैँका लागि बसकाे अग्रिम टिकट बुकिङ खुला हुने

 भदौ २२, २०७९ बुधबार १६:३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – दशैँका लागि असोज १ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच आज बुधवार भएको छलफलले असोज १ गतेदेखि अग्रिम टिकट खुलाउने निर्णय गरेको हो ।

असोज १ गतेदेखि लामो तथा मध्यम दुरीका गाडीको अग्रिम टिकट खुलाउने र यसका लागि पूर्वतयारीका काम सुरु गर्ने सहमति भएको यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो ।

दशैँमा यात्रुलाई सास्ती नहोस् भनेर सडक विभागले मर्मत गर्ने, यात्रु र गाडीको सहजीकरणका लागि ट्राफिक प्रहरीले समन्वय गर्ने र भाडा पुनरावलोकनलगायतका विषयमा मन्त्रालय र विभागले पहल गर्ने सहमति भएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया