घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि नेपालभर रुट परमिट खुला

 भदौ २२, २०७९ बुधबार १६:१९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे, भूमिराज तिवारीकाे फेसबुकबाट

काठमाण्डाै – दशैँकाे घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि नेपालभर रुट परमिट खुला हुने भएकाे छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच आज बुधवार भएको छलफलले यस्ताे निर्णय गरेकाे हाे । दशैँमा यात्रुलाई सास्ती नहाेस् र सजिलै आवतजावतका लागि घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि नेपालभर रुट परमिट खुला हुने निर्णय गरेकाे यातायात व्यवस्था विभागका महानिर्देशक टाेकराज पाण्डेले जानकारी दिनुभयाे ।  

यस्तै अनलाइनमार्फत टिकट बुकिङ गर्ने यात्रुलाई व्यवसायीले छुट दिएर प्रोत्साहन गर्ने, कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्यका मापदण्ड पालना गराउने, खाना खुवाउने ठाउँमा भिडभाड नगर्ने, अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिबाट टिकट खरिद/बिक्री निरुत्साहित गर्न अनुगमन गर्ने पनि निर्णय भएकाे छ । असोजको १५ देखि २२ गतेसम्म अत्यावश्यक सामग्री बोकेका बाहेक अरू मालवाहक गाडीलाई नारायणगढबाट काठमाण्डौसम्म चल्न नदिने निर्णय पनि भएको छ । 

यस्तै आजकाे बैठकले दशैँका लागि असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया