आईएमई दशैँ अफर : दैनिक र साप्ताहिक गरी नौ जना विजेता छनोट

 भदौ २४, २०७९ शुक्रबार १३:१४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा सेवाग्राहीहरूलाई लक्षित गरेर आईएमईले ल्याएकाे अफरकाे पहिलो हप्ताका विजेता सार्वजनिक भएकाे  छ । 

आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक अफर अन्तर्गत सेवाग्राहीहरू रोशन शर्मा र अलिसा बराल साप्ताहिक विजेता छनोट भएका हुन् । 

बिहीवार काठमाण्डौ पानीपोखरीमा रहेकाे केन्द्रीय कार्यालयबाट फेसबुक लाइभमार्फत नतिजा सार्वजनिक गरिएको हाे । 

रिया फानान्सियल सर्भिस बेल्जियम र अष्ट्रेलियाबाट पैसा पठाउने विजेताद्वयले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । त्यस्तै सेवाग्राहीहरू कृष्णप्रसाद भुसाल, बोमबहादुर थापा मगर, महेन्द्र मल्ल, निर्मल, शीतल कुमार महतो, कृष्ण कुमार कटुवाल र मनोज मेयाङ्गबो दैनिक विजेता छनोट हुनुभएको हो । उहाँहरू प्रत्येकले एक/एक सेट सामसुङ मोबाइल उपहार स्वरूप प्राप्त गर्ने कम्पनीले जनाएकाे छ । 

आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित रही यस पटकको स्किम सञ्चालन हुनेछ । अफर अनुसार विदेशबाट आईएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ । साथै, हरेक हप्ता आईएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई रुपैयाँ दश लाख रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ । 

कुल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने ‍याे अफर यही भाद्र १६ गतेदेखि कार्तिक १६ सम्म कुल ९ हप्ता अर्थात ६३ दिन सञ्चालन हुनेछ । 

अफर अवधिका विजेता सिस्टममा आधारित लक्की 'ड्र' मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएकाे छ ।  नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेजहरू तथा मिडियामार्फत सार्वजनिक हुने छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया