बसपार्कमा दशैँका लागि घर जान टिकट काट्नेहरूकाे घुइँचाे (तस्बिरसहित)

 असोज १, २०७९ शनिबार १३:१७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आजबाट दशैँका लागि काठमाण्डाैबाट घर जान अग्रिम टिकट बुकिङ खुला गरिएकाे छ । याेसँगै काठमाण्डाैकाे नयाँबसपार्कमा टिकट काट्नेहरुकाे घुँइचाे लागेकाे छ ।

यातायात व्यवस्था विभागका अनुसार दशैँका लागि यातायात व्यवसायी र विभागबीच भएको सहमतिअनुसार आज असोज १ गतेदेखि सार्वजनिक बसको अनलाइन टिकट बुकिङ खुला गरिएको हो । आज बिहान ७ बजेदेखि बसपार्क क्षेत्रमा टिकट काट्नेको भीड छ । टिकट बुकिङ खुलेसँगै काठमाण्डाैको नयाँ बसपार्क क्षेत्रमा टिकट काट्नका लागि भीड लागेको देख्न सकिन्छ । 

नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला, चाबहिल लगायतका स्थानमा यात्रुहरू टिकट काट्नका लागि पुगेका छन् । काठमाण्डाैबाट दशैँको समयमा लाखौं यात्रुले उत्पत्यका छोड्छन् । यातायात व्यवस्था विभागले दशैँमा असोज १५ देखि २२ गतेसम्म नारायणगढदेखि काठमाण्डाैसम्म अत्यावश्यक वस्तु ढुवानी गर्ने बाहेक ट्रेलरलगायतका ठूला गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । आवतजावत गर्ने ठाउँका गाडीका लागि अग्रिम बुकिङ गर्न छुट्टै टिकट काउन्टर स्थापना गरिएको छ भने थोरै गाडी जाने ठाउँमा हालकै काउन्टरबाट व्यवस्थापन गरिएको छ ।

यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथासक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथासक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने निर्णय विभागले यसअघि नै गरेको थियो । यातायात व्यवस्था विभागले परिचयपत्र लगाएका कर्मचारीहरूसँग मात्रै टिकट काट्न पनि यात्रुहरूलाई आग्रह गरेको छ ।  

 

तस्बिर : महेश ज्ञवाली/उज्यालाे

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया