ललितपुरको धोबीघाटमा रहेको कबाडी कारखानामा आगलागी, ३ जना घाइते

 असोज ५, २०७९ बुधबार १४:९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

ललितपुर – ललितपुरकाे धोबीघाटमा रहेको कबाडी कारखानामा आगलागी हुँदा तीन जना घाइते भएका छन् । आगलागीबाट दुई जना भारतीय नागरिक र एक जना नेपाली नागरिक घाइते भएका प्रहरीले जनाएको छ । 

चितवन घर भइ धोबीघाट बस्दै आएका ३० वर्षका गणेण गुरुङ, भारत घर भइ धोबीघाट नै बस्दै आएका ४५ वर्षका शिवनारायण पाेदार र राम आशिस शाह जलेर घाइते हुनुभएको हो । तीनै जनाको स्टार अस्पताल सानेपामा उपचार भइरहेको छ । 

विद्युत् शर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । अहिले उपत्यकाका विभिन्न ठाउँको दमकल र पानी ट्याङ्करको सहायतामा आगो निभाउने प्रयास भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया